|

सुर्खेत : सुर्खेतको घण्टाघर नजिकको खुल्‍लामञ्चमा रहेको क्वारेन्टाइनमा रहेका १८३ जना घर फर्किएका छन्। विदेशबाट खास गरी भारतबाट आएका कर्णालीका १८८ जनालाई सुर्खेतको क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमा रहेका १८३ जनाको पिसिआर रिपोर्ट नेगटिभ आएको छ भने पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले कर्णाली सरकारको समग्र व्यवस्थापनमा क्वारेन्टाईनमा रहेकाहरु १४ दिन पूरा गरी घर फर्किएको बताए। वाग्लेले सुर्खेतको घण्टाघर खुल्लामञ्चमा रहेकाहरुको पिसीआर रिपोर्ट नेगेटिभ आएको पनि जानकारी दिए। 

‘यहाँ क्वारेन्टाईनमा रहेका १ सय ८८ जना मध्ये १ सय ८३ जनाको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ, ५ जनाको आउन बाँकी रहेको छ, यो पनि छिट्टै आउदैछ’, उनले भने, ‘रिपोर्ट पनि नेगेटिभ आएको छ , क्वारेन्टाईनको १४ दिनको अवधि पनि सकिएको छ, त्यसकारण उनीहरुलाई घर पठाउन लागिएको छ।’ उनले पाँच जननको रिर्पोट आउनेबित्तिकै घर पठाइने बताए।

क्वारेन्टाइनमा बसेर घर जानेहरुलाई घरमा पनि अनिवार्य एक हप्ता होम क्वारेन्टाईनमा बस्नुपर्ने उनले बताए। ‘१४ दिन क्वारेन्टाईनमा बसेकाहरुलाई यहाबाट बिदा गर्दा पनि घरमा ७ दिन अनिवार्य होम क्वारेन्टाईनमा बस्ने गरी हस्ततक्षर गराएर पठाएका छौ र स्वास्थ्यमा कुनै समस्या देखिए छिट्टै स्वास्थ्य संस्थामा सम्पर्क राख्न भनेका  छौं’ उनले भने। 

क्वारेन्टाईनमा बसेकाहरुका लागि घर पुर्‍याउन यातायातको साधनको पनि प्रदेश सरकारले नै प्रवन्ध मिलाईदिएको छ। घर पु्याउनका लागि जुम्लाका लागि एउटा गाडी, दैलेखका लागि २ वटा गाडी र जाजरकोट सम्मका लागि १ गाडी र सुर्खेत पश्चिमका लागि एउटा गाडीको व्यवस्था गरिएको छ।

शुक्रबार नै सुर्खेत जिल्लाका नजिकका १७ जनालाई घर पठाईसकिएको थियो। गाडीमा पठाउनेहरुमा २० जना जाजरकोटका, १९ जना पूर्वी सुर्खेतका,पश्चिम सुर्खेतका १०जना, दैलेखका ८७ जना, कालिकोटका ७ जना, जुम्लाका १६ जना र अछामका १ जना रहेका छन्।

क्वारेन्टाईनमा रहेका १ सय ८८ जना मध्ये १ सय ७९जना पुरुष र ९ जना  महिला रहेका थिए। क्वारेन्टाईनमा बसेर घर जादाँ ढुक्क भएको क्वारेन्टाईन पछि घर जादै गरेकाले बताएका छन्।

उनीहरुले धेरै कुरा सिक्न पाएको र सरकारको काम राम्रो भएको भन्दै प्रशंसासमेत गरे। कोरोना भाईरसबाट बच्न गाँउमा गएर पनि अरुलाई सिकाउन सक्ने विश्वास पैदा भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.