|

मुगु : कोरना भाइरस संक्रमण रोकथामका लागि छायाँनाथ रारा नगरपालिकाले नगरका पाँच हजार ५००  घुरधुरीका २६ हजार सर्वसाधरणलाई स्वास्थ्य समाग्री वितरण सुरु गरेको छ।

नगरपालिकाले प्रत्येक नागरिकलाई सर्जिकल मास्क, साबुन र प्रतिघरलाई १०० एमएलको सेनिटराइजर  वितरण सुरु गरेको हो।

चालु आर्थिक वर्षमा नगरपालिकाले १४ वटा वडामा विनियोजित गरेको कुल बजेटबाट रकमान्तरण गरी प्रत्येक वडाबाट ७ लाख ५० हजार र बाँकी रकम नगरपालिकाले जम्मा गरी कुल एक करोड १० लाख रुपैयाँको कोेराना भाईरसको सक्रमण रोकथामका लागि आवश्यक  उपकरण र सरसफाइका सामग्री गरेको नगरपालिका स्वास्थ्य शाखाका संयोजक शिवहरि रोकायाले जानकारी दिए  ।

उक्त सामग्री शनिबारदेखि वितरण सुरु गरिएको नगरप्रमुख हरिजंग शाहीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.