|

काठमाडौं : ट्राफिक प्रहरी महाशाखाले फिल्डमै पुगेर साबुन, सेनिटाइजर, मास्क उपलब्ध गराएको छ। कोरोना भाइरस फैलिन नदिन सडकमा खटिएका ट्राफिक जवानहरुलाई महानगरीय ट्राफिक महाशाखा प्रमुख भिमप्रसाद ढकालले फिल्डमै पुगेर मास्क,सेनिटाइजर, साबुन वितरण गरेका हुन्।

सरकारले कोरोना फैलिन नदिन तीन हप्तादेखि लकडाउन गरेपछि ट्राफिक जवानहरु सडकमा निरन्तर खटिएका छन्। उनीहरुको सुरक्षामा महाशाखाको सक्रियतामा सावधानीका लागि आवश्यक सामान वितरण गरिरहेको छ।

सडकमा खटिएका ट्राफिक जवानहरुलाई कोरोनाबाट सुरक्षित राख्न ती सामान बाँडिदै आएको महाशाखा प्रमुख ढकालले जानकारी दिए। आइतबार काठमाडौंका मुख्य चोकहरु कालमाटी, गौशाला, एअरपोर्ट, न्युरोड, सुन्धारा लगायतका स्थानमा स्वास्थ्य सामग्री दिइएको ढकालले बताए।

'यो तीन हप्तादेखि चलिरहेको काम हो। महाशाखाको सक्रियतामा यी वस्तु उपलब्ध गराउँदै आएका छौं। हरेक हप्ता हप्ता यो काम जारी छ', प्रमुख ढकालले भने।

आइतबार मात्र उपत्यकाका करिब १५ सयमध्ये ७ सयजना ट्राफिक जवानहरुलाई सामान उपलब्ध गराएको पनि प्रमुख ढकालले जानकारी दिए। उनले बाँकी ट्राफिकहरुलाई पनि सोमबार सामान उपलब्ध गराउने जानकारी दिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.