|

काठमाडाै‌ : अमेरिकामा काेराेना स‌ंक्रमणका कारण अर्को एएक जना नेपालीकाे मृत्यु भएकाे छ। अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ बर्षिय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको हाे।

बिगत ३ हप्तादेखी बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको जनाइएकाे छ। कोरोना भाइरसका बिरामी  पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमाने पछि घर मै  निधन भएकाे अमेरिकामा बस्दै आएकी पद्यमा प्रधानले जानकारी दिइन्। 

सन् २०१२ मा अमेरिका पुगेका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाने काम गर्थे। मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन्। हालसम्म अमेरिकामा पाँच सय भन्दा बढी संक्रमित भएको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.