|

काठमाडौं : निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी श्री एयरलाइन्सले भोलि मंगलबार सिंगापुरका लागि चार्टर्ड उडान भर्ने भएको छ। सिंगापुरबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन श्रीले चार्टर्ड उडान गर्न अनुमति लिएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

यो चार्टर उडानका लागि भारत, बङ्गलादेश, म्यान्मा, थाइल्याण्डलगायत मुलुकसँग ‘ओभरफ्लाई’ को अनुमति लिनुपर्ने आवश्यक प्रक्रिया पूरा भइसकेको छ। कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले सिंगापुरबाट स्वास्थ्य सामग्री ल्याउनका लागि उडान अनुमति पाएको जानकारी दिए। मंगलबार बिहान सिंगापुर उडान भरेर श्रीको जहाज भोलि नै काठमाडौं फर्कनेछ।
        
श्रीले सामाजिक संस्थागत उत्तरदायित्वअन्तर्गत निःशुल्क चार्टर्ड उडान गर्न लागेको जनाएको छ। यसअघि आवश्यक प्रक्रिया पूरा गरेर श्रीले शुक्रबार सिंगापुर उडान भर्ने योजना बनाएको भए पनि सिंगापुरको कम्पनीको तर्फबाट सामान जम्मा गर्न केही विलम्ब भएको जवाफ दिएपछि उडान हुन नसकेको श्री एयरलाइन्सले जनाएको छ। श्री एयरलाइन्सले यसअघि सुडानमा चार्टर्ड उडान गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.