|

धनकुटा : जिल्लाको छथर जोरपाटी गाउँपालिका–४ पानीट्याङ्कीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्। आइतबार राति ४७ वर्षका इन्द्रबहादुर लिम्बूलाई उनकी श्रीमती ३७ वर्षीया धनमाया लिम्बूले घरायसी हतियार र दाउरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमतीले घरायसी हतियार र दाउराले प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।

आइतबार बिहान लिम्बूको शव फेला परेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको कमाण्डमा र प्रहरी कार्यालय सिधुवाबाट खटिएको प्रहरी टोलिले घटनास्थलबाट मृतक लिम्बूको शवलाई पोष्टमार्टको लागि जिल्ला अस्पतालतर्फ ल्याएको र मृतककी श्रीमती धनमायालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरिक्षक ध्रुब कुमार श्रेष्ठले जानकारी दिए।

भरुवा बन्दुकसहित पक्राउ

यस्तै, अवैध भरुवा बन्दुकसहित कैलालीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। मोहन्याल गाउँपालिका–३ फल्ले बिसौनाबाट अवैध भरुवा बन्दुकसहित स्थानीय धनसरा गिरीलाई प्रहरीले पक्राउ गरिएको हो।

घरमा अवैध बन्दुक लुकाइ–छिपाइ राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक अनिष भण्डारी नेतृत्वको टोलीले खानतलासी गरी दुई नाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

गिरीका श्रीमान चन्द्रराज भने भाग्न सफल भएका छन्। प्रहरीले उनको घरबाट अवैध रुपमा लुकाइ राखेको ३१ क्युफिट काठ पनि बरामद गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.