अरुलाई घरमा थुनेर राजनीतिक खिचातानी लाग्‍नु निकृष्टता

|

काठमाडौं :  सरकारले कोरोनाको संकटको समयमा राजनीतिक दल विभाजनसम्बन्धी प्रावधान संशोधन गरेकोमा संविधानविदहरुले कडा आपत्ति जनाएका छन्।

यसअघि व्यवस्था गरिएको संसदीय दल र पार्टी केन्द्रीय कमिटीको ४० प्रतिशत मतले दल विभाजन गर्ने प्रावधानलाई ती दुईमध्ये एकमा भए पुग्‍ने नयाँ व्यवस्था गरिएपछि संविधानविदले पनि राजनीतिक अस्थिरता आउने चिन्ता गरेका छन्।

संविधानविद डा. भीमार्जुन आचार्यले राष्ट्रिय संकटको समयमा राजनीतिक विवाद निम्त्याउनु उचित नहुने बताएका छन्। 'राष्ट्रिय संकटको समयमा राजनीतिक विवाद  निम्त्याउने काम गर्नु उचित होइन', उनले भनेका छन्, 'संवैधानिक परिषद्को बैठक सम्बन्धमा जारी गरिएको अध्यादेश संविधान प्रतिकूल छ।'

उनले कोरोनाको संकटमा देशलाई लकडाउनमा राखेर आफूचाहिँ राजनीतिक खिचातानीमा लागेको भन्दै सरकार र नेताहरुमाथि आक्रोश व्यक्त गरेका छन्। 'राष्ट्रपतिलाई संविधानको संरक्षक मानिएको छ', उनले भनेका छन्, 'अरूलाई घरमा थुनेर आफूचाहिँ राजनीतिक खिचातानीमा लाग्‍नु निकृष्टता हो। राजनीति धेरै नै फोहोर भयो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.