|

काठमाडौं : सुनधारास्थित काठमाडौं मलमा रहेको थिएटर मल नाटकघरमा कथाकार महेशविक्रम शाहको कथामा आधारित  'बेड नम्बर ९९' मञ्‍‍चन भैरहेको छ।नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गरेका हुन्।

नाटकमा पात्रहरुको मनोवैज्ञानिक पाटोलाई चिरफार गरिएको निर्देशक श्रेष्ठले जानकारी दिए।  ‘नाटकमा पात्रहरुको मनोदशालाई नाटकीय सील्पका साथ कलात्मक र मनोरञ्जक बनाउने प्रयास गरेको छु,’ श्रेष्ठले भने। 

यसअघि एकल अभिनयको नाटक बनाएका श्रेष्ठले यस नाटकमा १५ कलाकारलाई मञ्चमा उतारेका छन्।

कथाकार शाहको 'सिपाहीकी स्वास्‍नी' कथासंग्रहमा संग्रहित कथा हो, ' बेड नं ९९’। यो मानसिक अस्पतालको कथा हो जहाँ शंका, भ्रम र आत्मसम्मान तथा हिनातावोधको चिरफार गरिन्छ।

९९ भन्दा पहिले भर्ना भएको अर्थात बेड नं ९८ को बिरामीको मानसिक दशालाई नाटकले बिस्तार गर्छ। क्याविनमा रहेका २ बिरामीको वार्तालापबाट सुरु हुने नाटकले अन्त्यमा ९८ को उपचारमा सफलता हात पार्छ र ९९ को वास्तविक परिचयले दर्शकहरुलाई चकित तुल्याउँछ।

थिएटर आकार र थिएटर मलको संयुक्त प्रस्तुति रहेको यो नाटक दृश्यप्रधान छ। दृश्यहरुद्वारा कथा भनिएको छ। ती दृश्यमा संयोजन गरिएको प्रकाशले मञ्चलाई अलौकिक र कलात्मक बनाउन सघाएको छ। प्रकाश परिकल्पनाले दर्शकलाई मन छुन्छ नै अनि पात्रकै मनोदशामा पुर्‍याउँछ।

नाटक ‘बेड नं ९९’ मा विकास जोशी, श्याम खड्का, शुष्मा कोइराला, रेनुका कार्की, सुशिला लक्ष्मी महर्जन, श्री नेहा पोखरेल, केशव रिजाल, शुभम् गणेश पौडेल, सुमन कोइराला, अन्जनी भरतवाल, शंकर भण्डारी, अर्जुन पौडेल, अनुजा अधिकारी, उमेश कार्की, प्रजुला डंगोलको अभिनय छ।

 माघ ७ गतेबाट सुरु भएको नाटक बुधबारबाहेक ५ बजे साँझ माघ २९ गते शनिबारसम्म मञ्चन हुनेछ। नाटक हेर्नका लागि उल्लेख्य संख्यामा दर्शकहरु रंगमन्चमा आइरहेको निर्देशक घनश्याम श्रेष्ठले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.