मनोरञ्जन

केटाकेटीका निम्ति युट्युबमा 'वर्णमाला'पछि अब 'स्वरमाला'

बैशाख १०, २०७७

    काठमाडौं  :  बालबालिकाहरूलाई लयात्मक पारामा नेपाली भाषा सिक्न सजिलो होस् भन्ने उद्देश्‍यले नेपालयले संगीतकार तथा गीतकार आभाससँगको सहकार्यमा वर्णमाला र स्वरमालाको सांगीतिक रचना तयार गरेको छ। ती रचना सुन्न हेर्नका निम्ति छुट्टै च्यानलको संचालन पनि भइसकेको छ।

    नेपाली भाषा सिक्न चाहने संसारभरका नेपाली बालबालिकालाई केन्द्रमा राखेर युट्युबमा 'नेपाली बाल रचना' नामको च्यानल पनि केही महिना पहिल्यै संचालनमा आएको हो । गएको तिहारमा नेपालयले सोही च्यानलमार्फत् बालबालिकाका निम्ति उपहार स्वरुप वर्णमाला (व्यन्जन) सार्वजनिक गरेको थियो ।

    अब सोही च्यानलबाट स्वरमाला अथवा अ, आ, इ, ईलाई आधार बनाएर बनेको गीति कार्टुन सार्वजनिक हुने भएको छ। स्वरमालालाई रोचक बनाउनका निम्ति रचनाकार आभासले 'अक्कलमान' नामको चरित्र निर्माण गरेका छन् ।

    'अबाट उठ्छ नाम, अक्कलमान हुँ म, अग्लो पर्खाल चढेर, अम्बा टिप्छु म' स्वरहरूलाई चिनाउनका निम्ति हरेक स्वर-अक्षरलाई आभासले यसैगरि चार हरफका गीतमा उनेका छन् । कार्टुन चित्रसहित हेर्न, सुन्न सकिने यो गीतले बालबालिकालाई मनोरञ्जन दिनुकासाथै अक्षर र शब्द ज्ञान बढाउन पनि मद्दत पुर्‍याउने छ ।

    वर्णमालामा चर्चित गायिकाहरू- मीना निरौला र बेनुका राईले स्वर दिएका छन् । स्वरमालामा भने रचनाकार तथा संगीतकार आभासकै स्वर रहेको छ ।

    भिडियो

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]