काेराेना संक्रमण जित्‍नेकाे संख्या ६ पुग्याे

|

डडेल्धुरा :​ सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित पनि निको भएर घर फर्किएका छन्। कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो र चौथो रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको हो।

सेती प्रादेशिक अस्पतालका अनुसार उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना ‘पोजेटिभ’ देखाएको थियो। चैत १३ गते उत्तराखण्डबाट फर्किएका उनलाई कोरोना संक्रमण देखिएपछि चैत २२ गते सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

यसअघि कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक र धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय संक्रमित युवक निको भएर घर गइसकेका छन्।

उनीहरु दुबै जनाको पछिल्ला दुई रिपोर्ट ‘नेगेटिभ’ आएपछि अस्पतालले घर पठाइएको हो। अब सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीय महिला र लम्कीचुहा नगरपालिका १ की ५२ वर्षीय महिलाको उपचार भइरहेको छ। उनी १९ दिनकाे बसाइपछि घर फर्किएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.