नयाँ पार्टीको नाम 'जनता समाजवादी पार्टी नेपाल'

|

काठमाडौं  : समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर नयाँ पार्टी बनेको छ। दुई पार्टीका नेताहरुबीच बुधबार भएको करिब ६ घण्टा लामो वार्ता र रस्साकस्सीबची नयाँ पार्टीको घोषणा भएको हो। 

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी मिलेर बनेको नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राखिएको छ। दुई दलबीच एकता समानाताका आधारमा हुने उल्लेख छ।

सहमति अनुसार नयाँ पार्टीको झण्डा समाजवादी पार्टीले नै प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगकबीचमा तारा कायम गर्ने सहमति भएको छ। एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता कायम गरिएको छ। 

एकताको सहमतिपछि सार्वजनिक पत्रमा राजपा नेपालको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन्। त्यसैगरी समाजवादी पार्टीको तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन्।। 

उनीहरुले नयाँ पार्टी परम्परागत राजनीतिक शक्तिको विकल्पका रुपमा स्थापित हुने दाबी पनि गरेका छन्। सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी खुकुलो प्रावधानसहितको अध्यादेशका कारण आफ्ना पार्टीबाट नेताहरु बाहिरिने जोखिम बढेपछि दुई दल रातारात मिलेका हुन्।

पार्टी छाड्नेलाई ४० प्रतिशत पुग्न नदिइ रोक्ने रणनीति अनुसार दुई दलबीच भएको एकता वार्ताले पूर्णता पाएको हो।

पार्टी एकता घोषणापूर्व राजपाका तर्फबाट ४ अध्यक्ष महन्थ, राजेन्द्र, महेन्द्र र शरदसिंह भण्डारी तथा समाजवादी पार्टीकोतर्फबाट‌ उपेन्द्र, डा. बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठ‌ वार्तामा सहभागी भएका थिए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.