|

काठमाडौ : हिमानी ट्रष्टले कोभिड १९ विरुद्ध अग्रपंक्तिमा काम गरिरहेका स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुलाई सुरक्षा सामग्रीहरु प्रदान गरेको छ। ट्रष्टले पिपिई, मास्क, पञ्जा, सेनिटाइजर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको हो।

हिमानी कोषले काठमाडौं मेडिकल कलेजलाई आवश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ। एक कार्यक्रम गरि हिमानी कोषकी उपाध्यक्ष प्रेरणाराज्य लक्ष्मीदेवी सिंहले उक्त सामग्रीहरु हस्तान्तरण गरेकी हुन्।

उक्त कार्यक्रममा २० संचारकर्मीलाई समेत आवश्यक सामग्री प्रदान गरिएको थियो।राहत वितरणका लागि आज कोषको कार्यालय बालुवाटारमा राखिएको कार्यक्रममा बोल्दै काठमाडौं मेडिकल कलेजकी प्रमुख प्राध्यापक डा. चन्दा कार्कीले नेपालमा समाजप्रति राजसंस्थाले अतुलनीय भूमिका खेलेको बताइन्।

उनले राजा महेन्द्र, बडामहारानी रत्न, राजा वीरेन्द, रानी ऐश्वर्या, राजा ज्ञानेन्द्र, अधिराजकुमारी हेलेन, शाहज्यादी जयन्तीका पालामा भएको समाजसेवा र देशप्रतिको लगावलाई व्याख्या गर्न नसक्ने बताइन्।

कार्यक्रममा बोल्दै हिमानी कोषकी कोषाध्यक्ष शिताष्मा राज्य लक्ष्मीदेवी शाहले हिमानी कोषले देशका नागरिकलाई असजिलो परेका समयमा सधैँ सहयोग गरिरहेको उनले बताइन्। कोभिड १९ का कारण उत्पन्न महामारी विरुद्धपनि कोषले सहयोग गरिरहेको उनले जानकारी दिइन्।

भोक र रोगबाट ग्रसितहरुलाई आवश्यक खाद्यान्‍न र औषधोपचारमा समेत सहयोग जारी राख्ने उनले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.