|

हेटौंडा : कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको रोकथाम गर्न देशमा जारी लकडाउनको समयमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले हेटौंडामा प्रदर्शन गरेको छ।

महामन्त्री प्रभातकुमार दाहालको नेतृत्वमा हेटौंडा उपमहानगरपालिका–२ स्थित कांग्रेस पार्टी कार्यालयबाट सुरु भएको विरोध ¥याली हेटौंडाको बुद्धचोकमा पुगेर टुंगिएको थियो। बुद्धचोकमा विद्यार्थीहरुले सरकार विरोधी प्लेकार्ड प्रदर्शन गरेका थिए।

हेटौंडामा बिहान ९ बजेसम्म अत्यावश्यक सामग्री खरिद बिक्रीका लागि बजार खुल्ने अवसर पारेर सरकारको विरोधमा नेवि संघले हेटौंडामा नारबाजी र प्रदर्शन गरेको हो। प्रदर्शनमा नेवि संघका नेताहरुले वर्तमान सरकार अधिनायकवादतर्फ अगाडि बढिरहेको भन्दै देशमा भ्रष्टाचार र महँगी बढेको बताएको थियो।

सांसद र पूर्वप्रहरी प्रमुख नै सांसद अपहरणमा संलग्न हुनु भनेको राज्य नै अपराधतर्फ अगाडि बढ्न देखिएको भन्दै सरकारले तत्काल ध्यान दिनुपर्ने उनीहरुको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.