साहित्य

प्रधानमन्त्री ओलीको कविता, 'अब आँसु खसाउनु पर्दैन'

बैशाख १९, २०७७

    काठमाडौं : यतिबेला देश कोरोना भाइरस संकटविरुद्ध लडिरहेको छ। चैत ११ देखि लकडाउन जारी छ। यही लकडाउनबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विवाद उत्कर्षमा पुग्देछ। 

    दुई ठूला तनावबीच प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एउटा कविता लेखेर सार्वजनिक गरेका छन्। मे दिवसका दिन सबेरै बिहान साढे दुई बजे उनले लेखेको कवितामा विभाजनका प्रयासहरु बिफल हुने र एकता कायम रहने संकेत गरेका छन्।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट प्राप्त 'आँसु खसाउनु पर्दैन' शीर्षकमा ओलीद्वारा लिखित कविता :

    अब आँसु खसाउनु पर्दैन

    रगत बगाउनु पर्दैन

    नेपाली मन अब फुट्दैन

    राष्ट्रिय एकता टुट्दैन

    शान्ति अब यहाँ मर्दैन

    नेपाली मर्नु पर्दैन

    बढ्यो नेपाल अब बढ्यो अघि

    विकासमा पछि पर्दैन

    गणतन्त्र हो यो गणतन्त्र

    सार्वभौम जनताको जनतन्त्र

    अब आँसु खसाल्नु पर्दैन।

    ०००

    सामाजिक न्याय र समानता

    अधिकारसम्पन्‍न जनता

    मेची-काली, पहाड-तराई

    निर्भय वातावरण सुरक्षित नारी

    अब आधुनिकतामा बढ्यो नेपाल 

    गणतन्त्र हो यो गणतन्त्र

    सार्वभौम जनताको जनतन्त्र

     अब आँसु खसाउनु पर्दैन।

    ०००

    फाटोका खेती कुहिन्छन् 

    स्वार्थी हिंसा तुहिन्छन् 

    अब चेलीका चुरा फुट्दैनन्

    कोही टुहुरा हुनु पर्दैन

    गणतन्त्र हो यो गणतन्त्र

    शक्तिका स्रोत जनताको

    जनतन्त्र हो यो जनतन्त्र

    अब आँसु खसाउनु पर्दैन

    रगत बगाउनु पर्दैन।

     

    मे १, २०२०

    बिहान २:३० बजे

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]