|

इलाम : असंगठित मजदुर तथा विपन्न नौ हजारभन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ। स्थानीय सरकारमार्फत जिल्लाका १० वटा स्थानिय तहका नौ हजार ७६४ घरधुरीलाई रहत वितरण गरिसकिएको जिल्ला विपद व्यवस्थापन केन्द्रका सूचना अधिकारी सफल पोर्तेलले जानकारी दिए।

उनका अनुसार सबैभन्दा धेरै इलाम नगरपालिकामा दुई हजार ५३४ घरधुरीलाई राहत वितरण गरिएको छ। माई नगरपालिकामा एक हजार ९४१, चुलाचुली गाउँपालिकामा एक हजार ५३९, माङसेबुङ गाउँपालिकामा एक हजार १९५ र फाकफोकथुम गाउँपालिकामा ७७९ घरधुरीमा राहत वितरण गरिएको हो।

त्यसैगरी सूर्योदय नगरपालिकामा ५५४, देउमाई नगरपालिकामा २६८, माईजोगमाई गाउँपालिकामा ३०९, रोङ गाउँपालिकामा ४७४ घरधुरीलाई राहत दिइएको हो।

सन्दकपुर गाउँपालिकाले गत चैत २० देखि बैशाख १५ सम्म तीन हजार ६०० भन्दा बढी घरधुरीलाई खाद्य वस्तुमा अनुदान दिएको छ। उसले सबै वडामा रहेका उपभोग्य सामग्री बिक्री गर्ने पसलबाट दैनिक उपभोग्य सामग्री खरिद गर्दा मूल्यमा अनुदान दिएको थियो। गाउँपालिकाले चामलमा प्रतिकिलो दुई रुपैयाँ, चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, खानेतेलमा प्रतिलिटर १० रुपैयाँ, चिउरामा पाँच रुपैयाँ र नुनमा प्रतिकिलो पाँच रुपैयाँ मुल्य अनुदान दिने निर्णय गरेको थियो।

बैशाख १६ गतेका दिन १०६ सय ६१ परिवारलाई राहतको कुपन वितरण गरिएको छ। कुपन प्राप्त गर्नेहरुले नजिकैको पसलबाट सरकारले तोकेको मापदण्डको आधारमा राहत लिन सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.