|

बुटवल : रुपन्देही कोटहीमाई गाउँपालिका–१ सिपवा पुर्निहवा गाउँका कोरोना संक्रमित गाउँका युवकको १० जनाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएको हो।

२५ वर्षीय युवामा शुक्रबार कोरोना संक्रमण देखिएको पुष्टि भएपछि उनलाई क्वारेण्टाइनसम्म पुर्‍याएका दाजु र परिवारका अन्य सदस्यको थ्रोट स्वाब परीक्षण गरिएको थियो।

परीक्षण गर्दा परिवारका सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए।

उनी भारतको दिल्लीबाट वैशाख ५ गते गाउँ आएका थिए। घर पुग्न नपाउँदैबीच बाटोबाट दाजुले उनलाई गाउँपालिकाको मझगवामा रहेको क्वारेन्टाइनमा पुर्‍याएका थिए।

त्यस्तै, संक्रमितसँगै क्वारेन्टाइनमा बसेका अन्य १३ जनाको रिपोर्ट पनि नेगेटिभ नै आएको छ। स्वास्थ्य विभागका स्वास्थ्य निर्देशक विनोदकुमार गिरीले कन्ट्याक्ट ट्रेसीङका आधारमा अन्य अरू धेरैको संख्यामा आरडीटी परीक्षण गरिने बताए।

संक्रमित युवालाई अहिले बुटवलको रामनगरस्थित धागो कारखानामा रहेको बुटवल अस्थायी कोरोना अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको छ। उनको अवस्था सामान्य रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.