|

सल्यान : वागचौर नगरलिका–३ खालीमा वृद्धाको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। ६० वर्षीया टीका वलीको हत्या अभियोगमा सोही ठाउँका १९ वर्षीय दिपक भण्डारी पक्राउ परेका हुन्। 

स्थानीयको सहयोगमा पक्राउ परेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। घरनजिकै स्याउलाले छोपेको अवस्थामा मंगलबार दिउँसो वलीको शव फेला परेको थियो। 

शवनजिकै बस्तु बाँध्ने किला ठोक्ने काठले हानेर भण्डारीले उनको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ। दिपकले सामान चोरी गरेको उनका आमाबाबुलाई भनिदिएको रिसमा टीकाको हत्या गरेको मृतकका पति शिवलालाल वलीले बताए।  मृतकको शव पोष्टमार्टमका लािग जिल्ला अस्पतालमा लगिएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.