|

सल्यान : सल्यानको एक ओडारमा शंकास्पद बस्तु फेला परेको छ । जिल्लाको बागचौर नगरपालिका ९ धामिढुंगास्थित थारदुला  नजिकैको ओडार बालबालिकाहरुले चरा खोज्दै जाने क्रममा उक्त वस्तु भेटिएको बताइएको छ। 

उक्त वस्तुको आकारप्रकारबारे बताइएको छैन। शंकास्पद बस्तु भेटिएको क्षेत्रलाई अहिले सिल गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 
शंकास्पद भनिएको बस्तु कति परिणाममा छ भन्ने एकिन नभएको प्रहरीले जनाएको छ । 

उक्त वस्तु विस्फोटक पदार्थ हो वा अन्य कुनै भनी यकिन नभएकाले नेपाली सेनाको डिस्पोजल टोली त्यस्ततर्फ हिँडेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए । नेपाली सेनाको टोली पुगेपछि मात्र बम हो वा होइन भनी निक्र्यौल हुने उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.