|

काठमाडौं : देशमा कोरोना भाइरस फैलिँदै गर्दा लकडाउन उलंघन गर्ने क्रम पनि बढेको छ। उदयपुर र बाँकेमा कोरोना भाइरस समुदायसम्म फैलिएको अवस्थामा लकडाउनलाई अटेरी गर्नेहरुका कारण जोखिम बढेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई कडा बनाउन निर्देशन दिएसँगै जथाभावी सडकमा निस्किएकाविरुद्ध ट्राफिक प्रहरी र प्रहरीले कारवाही तीव्र बनाएका छन्। 

लकडाउनमा कार्यान्वयनमा कडाइ गर्न मुख्य सडकदेखि भित्री सडकहरुसम्म बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ। अत्यावश्यक कामबाहेक बाहिर आवतजावत गर्न नपाइने निर्देशन सरकारले गरेको छ। तर अनावश्यक भिडभाड र सडकमा सवारी जाम नै हुने गरी मानिसहरु निस्किन थालेपछि पुन: कडाइ गरिएको हो। 

सडकमा निस्कनेमाथि कडाइका साथ प्रस्तुत भइरहेको प्रहरीले कयौँको सवारी पास खोसेको छ भने सवारीसाधन पनि नियन्त्रणमा लिएर राखिरहेको छ। 

हेर्नुस लकडाउन कडा पार्न खटिएका सुरक्षाकर्मीको सक्रियताको फोटो फिचर


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.