काठमाडौंः गोकर्णेश्वर नगरपालिकाले एप्सबाट कोरोना भाइरस (कोभिड १९)को जानकारी दिन थालेको छ। नगरपालिकाले बनाएकाे एप्सबाट नगरबासीले काेराेनाे भाइरसकाे लक्षणलगायत अन्य जानकारी थाहा पाउने छन्।
गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोज ढुंगानाले नगरबासीको स्वास्थ्यबारे जानकारी लिन र जानकारी दिन परीक्षणको लागि एप्स निर्माण गरेको बताए। ‘नगरपालिकाभित्र रहेका स्थानीयको कोरोना परीक्षणको लागि नगरपालिकाले एप्स बनाएको छ,’ उनले भने, ‘अब नगरबासीले आफ्नो स्वास्थ्य परीक्षण गर्न एप्सबाट जोडिन सक्ने छन। एप्सबाट स्वास्थ्य स्थिति बुझ्दा कोरोना संक्रमण फैलिने डर पनि हुदैन। नगरबासीको स्वस्थ्य सुविधाको लागि नगरपालिका सधै तत्पर छ।’
उनका अनुसार विशेषज्ञ डाक्टरको सहभागितामा‘नेपाल कोभिड १९’ नामक एप्स निर्माण गरिएको छ,' ढुङ्गानाले भने, 'एप्समा ३० वटा प्रश्न राखिएको छ, कोरोना परीक्षण गर्ने व्यक्तिले ती प्रश्नको सही उत्तर दिनुपर्ने छ, कोरोना परीक्षणको लागि नगरबासीलाई रजिष्ट्रेसन गराएका छौँ। यो एप्स खोलेको चारदिन भैसकेको छ।’
नगरपालिका भित्र र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) प्रविधिबाट १४० जनाको कोरोना परीक्षण गरेको उनले बताए। उनले भने, ‘नगरपालिकाभित्र दुई चरण गरी अहिलेसम्म १४० जनाको आरडिटीबाट कोरोना परीक्षण गरिएको छ, सबैको रिर्पोट नेगेटिभ आएको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।