|

स्याङ्जा : जिल्लामा खुट्टाबाट चलाइने हात धुने प्रणालीको विकास गरिएको छ। प्रगतिशील इन्जिनियरिङ एसोसिएसन स्याङ्जा र नेपाल इन्जिनियर्स एसोसियनसन गण्डकी प्रदेशका इन्जिनियरहरुले संयुक्त निर्माण गरेको ‘फुट अपरेट ह्यानड वास सिस्टम’ जिल्ला अस्पताल स्याङ्जालाइ हस्तान्तरण गरेको हो।

खुट्टाको सहायताले मात्र पनि धारामा पानी खोल्ने यो प्रविधिले कोरोना तथा अन्य जीवाणबाट सर्ने रोगहरुबाट सुरक्षित रहन सकिने बताइएको छ। मानिसहरुको बाक्लो आवातजावत हुने संघसंस्था तथा सरकारी कार्यालयहरुमा यस्तो प्रणाली राख्न आवश्यक रहेको जिल्ला समन्बय समिति महासंघका अध्यक्ष सीता सुन्दासले बताइन्।

खुट्टाबाट धारा संचालन गर्ने यो प्रविधिले हातमा भएका बेक्टरिया तथा भाइरस अन्य धारा प्रयोग गर्ने प्रयोगकर्तालाई नसरोस् भन्ने उद्देश्यले यो प्रणालीको विकाश गरिएको निर्माण दलका सदस्य इन्जिनियर रामचन्द्र गिरीले बताए। 

कोरोना संक्रमणबाट बँच्न मिची मिची हात धुने नारा व्यवहारमा निकै प्रभावकारी हुँदै गएको छ। यसलाइ थप प्रभाबकारी बनाउन पनि यो प्रविधि फलदायी हुने सरोकारवाला बताउँछन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.