कालापानी क्षेत्र ओलीको जामारक्षाको कुरा होइन : बाँस्कोटा

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक बनाएकोमा आपत्ति जनाएका छन्। 

भारतले नेपाली भूमि लिपुलेकबाट चीनसम्म जोड्न सडकमार्ग खोलेपछि नेकपाका प्रवक्ताको यस्तो प्रतिक्रिया आएको हो। उत्तर भारतबाट चीनसम्मको सीमा जोड्नका लागि शुक्रबार ८० किमिको सडक रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फ्रेन्समार्फत उदघाटन गरेका थिए।

यसैलाई लिएर प्रवक्ता श्रेष्ठले आफ्नो धारणा सार्वजनिक गरेका हुन्। 'भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंलेसमेत विवादित भनी स्वीकार गरेको पश्‍चिम सीमाक्षेत्रको नेपाली भूमिमा सडक बनाई हिजो उद्घाटन गरेकोप्रति  घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु', उनले भनेका छन्, 'हामी सबै कोरोनाविरुध्द लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम चालोस्।'

ओलीको जामारक्षाको कुरा होइन : बाँस्कोटा

उता पूर्व सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कालापानी क्षेत्रको सीमा विवाद प्रधानमन्त्री केपी शर्मा ओलीको जमारक्षाको कुरा नभएको बताएका छन्। 

उनले शनिबार बिहान सामाजिक सञ्‍जालमार्फत यस्तो भनेका हुन्। 'कालापानी क्षेत्रमा रहेको सीमा विवाद ओलीको राष्ट्रवादी अडानको पुनःपरीक्षण होइन', उनले भनेका छन्, 'ओलीअघिको हाम्रो नेतृत्वको मौकापरस्त दृष्टिकोण र भारतको मिचाहा नीतिको परिणाम हो।'

उनले पश्‍चिमी क्षेत्रमा मिचिएको सीमा ओलीको जामा रक्षाको मात्रै सवाल नभएको बताएका छन्। 'प्रश्‍न ओलीको जामारक्षाको होइन', उनले भनेका छन्, 'आमाको स्वाधीनता रक्षानिम्ति उनले चाल्ने कदममा नेपालीको दृढतापूर्ण साथको हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.