|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लिपुलेक मिचिएको बारेमा सरकार बेखबर रहनु आश्चर्यजनक र सन्देहपूर्ण रहेको बताएका छन्।

नेपाली भूमिमा भारतले एकतर्फी सडक निर्माण गर्दा सरकार भूमिकाविहीन देखिनुले सरकार छ? कहाँ छ? भन्ने प्रश्न उब्जिएको राणाले शनिबार बताए।

लिपुलेक निर्विवाद रूपमा नेपालको हो भन्दै, राप्रपा अध्यक्ष राणाले सरकारले कूटनीतिक तहमा पहल गरेर नेपाली भूभाग सुरक्षित राख्नु पर्नेमा जोड दिए।

राणाले ट्वीट गर्दै भनेका छन्, ‘लिपुलेक नेपालको हो, यसमा कुनै विवाद छैन। नेपाली भूभाग भएर भारतले सडक निर्माण गरेको जानकारी आएको छ। नेपाल सरकार यसबारे बेखबर रहनु आश्चर्यजनक छ, सन्देहपूर्ण छ।’

उलने भने, ‘यसबाट सरकार छ? कहाँ छ? भन्ने प्रश्न पुनः उब्जिएको छ। तत्काल कूटनीतिक पहल गरेर सरकारले नेपाली भूमि सुरक्षित गर्नुपर्दछ।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.