|

बर्दिया : एक साताको अवधिमा निकुञ्ज तथा मध्यवर्ती क्षेत्र प्रवेश गरी अवैध कार्य संलग्न रहेका ५५ जनालाई पक्राउ गरिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।

पछिल्लो एक साताको अवधिमा अवैध रुपमा काठ चोरीनिकासी गर्ने जोधिपुर इलाकाबाट १ जना, मध्यवर्ती सामुदायिक वनमा रुखविरुवा हटाएर खनजोत गर्ने र क्यापिङ गरी माछा मार्ने ठाकुरबाबा–२ बलातीका ८ जनालाई पक्राउ गरिएको छ। 

वन अतिक्रमण गरी पक्की घर बनाउने ठाकुरबाबा– ८ का ३ जना, बोक्रा ताछेर रुख सुकाउने ८ जना र निकुञ्ज क्षेत्रभित्र पर्ने बबई नदीमा अवैध रुपमा माछा मार्ने सैनवार क्षेत्रका ३५ जनालाई पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।

लकडाउनको मौका छोपेर निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा वन तथा वन्यजन्तुको तस्करीमा लागेका तस्कर धमाधम पक्राउ पर्न थालेका छन्। लकडाउनको बेला निकुञ्जले सुरक्षा गस्तीलाई झनै चुस्त बनाएपछि तस्करहरु धमाधम पक्राउ पर्न थालेका हुन्। 

पक्राउ परेका उपर अनुसन्धान गरी कानुनी प्रकृया अघि बढाइएको निकुञ्जले जनाएको छ। लकडाउनको मौका छोपेर तस्करहरु वन तथा वन्यजन्तुका अवैध क्रियाकलापमा संलग्न भएको पाइएपछि निकुञ्जले सुरक्षामा थप कडाइ गरेको जनाएको छ 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.