१० जना एउटै क्‍वारेन्टाइनका, भैरहवाको भीम अस्पताल ल्याइँदै

|

बुटवल : बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको रुपन्देहीका १२ जना संक्रमित भारतको मुम्बईबाट एक साताअघि नेपाल आएको खुलेको छ। ती मध्ये १० जना भने गैडहवा गाउँपालिका २ मा रहेको एकै क्वारेन्टाइनका रहेका थिए। 

गाउँपालिकाका अध्यक्ष बछुलाल केवटका अनुसार ती सबै चोरबाटो हुँदै नेपालसम्म आइपुगेका थिए। संक्रमितहरुलाई ७ दिनअघि वडा नं २ स्थित जोगडा माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो। 

क्वारेन्टाइनमा फेला परेका संक्रमितमध्ये ७ जना पुरुष र ३ जना महिला छन्। केही दिनअघि क्वारेन्टाइनमा राखिएका ५२ मध्ये १७ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो। जसमा १० जनामा कोरोना देखिएको हो। 

गाउँपालिका अध्यक्ष केवटका अनुसार संक्रमितलाई भैरहवास्थित भीम अस्पतालमा बनाइएको आइसोलेसन अस्पतालमा लैजाने तयारी भइरहेको छ। आज १२ जना पुष्टि भएपछि जिल्लामा कोरोना संक्रमित २८ जना पुगेका छन् । यसअघि १६ जनामा संक्रमण पुष्टि भएको थियो। 
 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.