काठमाडौं : सरकारले आगामी आर्थिक वर्षदेखि नवलपरासीबाट फलाम उत्पादन गर्ने भएको छ। शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख रहेको छ।
‘उत्पादकत्व वृद्धि गर्न औद्योगिक उत्पादन वृद्धिका लागि सरकारले जोड दिएको छ’, नीति तथा कार्यक्रममा वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘नवलपरासीमा आगामी आर्थिक वर्षदेखि फलाम कारखाना चलाइने छ। आवश्यक पूर्वाधार राखेर फलाम उत्पादन थालिनेछ।’
सरकारको नीति तथा कार्यक्रममा दैलेखबाट आगामी आर्थिक वर्षबाटै पेट्रोलियम पदार्थ निकालिने उल्लेख गरिएको छ। ‘विभिन्न १० जिल्लामा पेट्रोलियम पदार्थ अन्वेषण भइरहेको छ।, आगामी आथिर्क वर्षदेखि दैलखबाट पेट्रोलियम पदार्थ निकालिने छ।’
सरकारले नीति तथा कार्यक्रममा बैतडी र बझाङमा पनि पेट्रोलियम पदार्थ अन्वेषण गरिने उल्लेख गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।