परिवारका सबै सदस्यको स्वाब संकलन

|

काभ्रे : धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा सिल गरिएको छ। शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नगरपालिका-९ की २९ वर्षीय महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको निचोडसहित गाउँ नै सिल गरेको हो।  

उनको स्वाब  जनस्वास्थ्य प्रयोशालामा परीक्षण भइरहेकाले सम्भावित सङ्क्रमणई रोक्न उक्त गाउँ सिल गरिएको हो। यसैबीच मृतक महिलाका परिवारका सबै सदस्यको स्वाब पनि संकलन गरिएको छ। उनको शव धुलिखेल अस्पतालमै राखिएको छ। 

नपाको वडा नं ९ तथा बलेफी गाउँपालिका वडा नं ८ र ९ सिल गरिएको छ। ती महिलाको माइती बलेफी-९ मा पर्ने हुँदा उक्त क्षेत्र पनि सिल गरिएको हो। उक्त सिल गरिएका ठाउँबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिइने भएको छ।

सिल गरिएका ठाउँका स्थानीयलाई घर बाहिर निस्कन नदिइने र त्यसको व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासमेतलाई जिम्मा दिइएको छ। 

ती महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई कन्ट्रयाक्ट ट्रेसिङ गरी पिसीआर परीक्षणका लागि क्‍वारेन्टाइनमा राखी स्वाब सङ्कलन गरिने समितिको बैठकले निर्णय गरेको छ। 

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिने भएको छ । ती महिला उपचारका लागि त्यहाँ गएको हुनाले उक्त केन्द्र सिल गरिने भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.