पशुपतिस्थित विद्युतीय शवदाह गृहमा ल्याइँदै

|

काठमाडौं : काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा बिहीबार राति मृत्यु भएकी महिलाको शव दाहसंस्कार गर्ने तयारी भएको छ। शवलाई काठमाडौं ल्याएर दाहसंस्कार गर्न भक्तपुर अस्पतालको एम्बुलेन्ससहितको टोली पुगेको छ। 

शव बोक्नका लागि एम्बुलेन्ससहितको टोली शनिबार साँझ ७ : ३० बजे भक्तपुर अस्पतालबाट धुलिखेल अस्पताल गएको हो। ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-९ निवासी २९ वर्षीया महिला रहेकी छन्। त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएर सुत्केरी भएपछि वैशाख २५ मा डिस्चार्ज भएकी उनको बिहीबार राति १० बजे धुलिखेल अस्पतालमा ज्यान गएको हो।  

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलसहितको सुरक्षाकर्मीको टोली र शव व्यवस्थापनका लागि उद्धार टोलीका अरुण सैँजु र राजेश गाईजुको टोली धुलिखेल अस्पताल गएको हो। 

शव बोक्न कुनै पनि शवबाहन तयार नभएपछि भक्तपुरबाट एम्बुलेन्स मगाइएको काभ्रे प्रहरीले जानकारी दिएको छ। धुलिखेल अस्पतालबाट लगेर पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.