|

रौतहट : नेपालमा थपिएका १० जना कोरोना संक्रमितहरु भारतबाट आएको रौतहट प्रशासनले जानकारी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार विहान अद्यावधिक गराएको जानकारीअनुसार रौतहटको राजपुर र इशनाथ नगरपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

यी सबै संक्रमितहरु भारतको गुजरात र मुम्बईलगायत ठाउँबाट नेपाल फर्किएको जिल्ला प्रशासन कार्यालय रौतहटका अधिकारीहरुले जानकारी दिएका छन्। नेपाल आउनासाथ उनीहरुलाई क्वारेन्टाइनमा राखिएकाले परिवारसम्म संक्रमण फैलन भने नपाएको बताइएको छ। 

गत शुक्रबार स्वाब नमूना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएकोमा १० जनामा कोरोना संक्रमण भएको पाइएको थियो। संक्रमितहरुलाई उपचा गर्न वीरगञ्ज पठाइँदैछ। 

राजपुर फरहदवामा १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय गरी सात जना पुरुषमा कोरोना संक्रमण भएको पाइएको छ। यस्तै इशनाथ नगरपालिकाको वडा नम्बर ३ र ५ का २८, ३० र ३३ वर्षीय पुरुष पनि संक्रमित रहेको पत्ता लागेको छ।

थपिएका १० जनासँगै रौतहटमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ। यसअघि नै जिल्लाका इशनाथ, देवाही गोनाही र वृन्दावन नगरपालिकामा तीन जना संक्रमित पहिचान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.