३१ जनाको स्वाब झिकियो

|

बारा : जिल्ला प्रहरी कार्यालयमा कार्यरत फतुवा विजयपुर २ का २९ वर्षीय कोरोना संक्रमित प्रहरी जवानको सम्पर्कमा आएकालाई क्‍वारेन्टाइनमा राखिएको छ। 
जिल्ला प्रहरी कार्यलयको मुद्दा फाँटमा कार्यरत उनमा शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो। 

उनीसँगै सम्पर्कमा आएका २५ जनालाई जिल्ला प्रहरी कार्यालयसँगैको बाल मन्दिरमा बनाइएको क्‍वारेन्टाइनमा राखिएको छ। बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार उनीहरुसहित ३१ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ। 

ती प्रहरीलाई भने जिल्ला अस्पताल कलैयाको आइसोलेसन वार्डमा भर्ना गरिएको छ। उनमा कोरोनाको कुनै लक्षण देखिएको छैन। उनीसहित अन्य तीन सुरक्षाकर्मी र सात थुनुवाको पाँच दिनअघि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा स्वाब संकलन गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.