|
फाइल फाेटाे

काठमाडौं : प्रदेश ५ को सरकारले आफ्नो प्रदेशमा स्थायी बसोबास गर्ने र अहिले रोजगारीको लागि विदेशमा रहेकाहरुको सर्वेक्षण गर्ने तयारी थालेको छ। प्रदेश योजना आयोगले प्रदेश ५ मा स्थायी ठेगाना भएका, हाल विदेशमा रहेका र गत जनवरी १ पछि नेपाल फर्केकाहरुको  तथ्यांक संकलन गर्न लागेको हो।             

प्रदेश ५ को योजना आयोगले , ‘प्रदेश ५ मा स्थायी बसोबास भई हाल विदेशमा रोजगारी, व्यापार तथा पेशागत आयआर्जनमुखी काम गरिरहेकालाई लक्षित गरेको जनाएको छ।       

आय आर्जन युक्त  कामबाट सन् २०२० जनवरी १ पछि नेपाल फर्केका प्रदेशवासीलाई कोरोना भाइरसले पारेको असरलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
सर्वेक्षण प्रदेश सूचना तथा संचार प्रविधि प्रतिष्ठानको सहयोगमा गर्न लागेकाे हाे। यो तथ्यांक प्रदेशको नीति, कार्यक्रम, बजेट तथा योजना निर्माण प्रयोजनको लागि प्रयोग गरिने प्रदेश योजना आयोगले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.