|

काठमाडाैं : नेपालमा कोरोना संक्रमित पुनः थपिएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट तीन जनामा कोरोना संक्रमण थपिएको हो। धनकुटा निवासी ३४ वर्षीया महिला र विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ। थपिएका तीनै जना संक्रमितको स्वास्थय अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.