|

काठमाडौं : नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ। 

आइतबार साँझ प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिस गरेको हो। बढुवा समितिले इन्सपेक्टर पृथ्वी नारायण ओलीलाई एक नम्बरमा बढुवा गर्न  सिफारिस गरेको छ। 

बढुवा सिफारिस हुनेहरुमा केदार राज पन्त, जयराम कुईंकेल, कविन्द्र कुमार कार्की, संजिव बाबु खड्का, पञ्च कुमार बाखु, पूर्णिमा कुमारी चन्द, शर्मिला गुरुङ, सुवास खड्का, चन्चला श्रेष्ठ, राजु लामा, अनिल कुमार घिमिरे, राजकुमार राई, रुपा लाबुङ रामनारायण माझीसहित ६० जना छन् । 

प्रहरी नियमावली अनुसार बढुवा समितिले सिफारिस गरेको एक सातापछि गृह मन्त्रालयले बढुवा नियुक्तीको निर्णय गर्नुपर्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.