|

दाङ : कोरोना भाइरस संक्रमणको शंकामा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५८७ जनाको थ्रोट स्वाबको नमुना परीक्षण भएको छ।

जिल्लाका विभिन्न स्थानीयतहका क्वारेन्टाइन, कोरोना विशेष अस्पताल बेलझुण्डीको तथा अन्य जिल्लाबाट कोरोना संक्रमणको शंकामा स्वाब संकलन गरी ल्याइएको प्रतिष्ठानका कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए। नमुनामध्ये ५८१ परीक्षण गरिएकोमा ५७९ जनाको रिपोर्ट नेगेटिभ आएको र  दुई जनाको कोरोना पोजिटिभ आएको छ।

कोरोना संक्रमण पुष्टि भएकाहरु दाङको गढवा गाउँपालिका–४ र ५ का ब्यक्ति हुन्। उनीहरुको अहिले कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार भइरहेको छ। आइतबारमात्रै दाङको तुलसीपुर, घोराही र सल्यानका ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ। 

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा १६ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ। बिरामीहरु बाँकेका ८, कपिलवस्तुका ६ र दाङका दुईजना रहेको अस्पतालका प्रमुख डा. सर्वेश शर्माले जानकारी दिए। उनीहरुको प्रत्येक २÷२ घण्टामा स्वास्थ्य परीक्षण गर्ने गरिएको समेत उनले बताए। उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको भए पनि लक्षण भने नदेखिएको र अवस्था समेत सामान्य रहेको डा. शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.