|


काठमाडौं

मुलुकभरका कक्षा एक र दुईका १५ लाख १३ हजार ५ सय ७ विद्यार्थीका लागि ७५ लाख ६७ हजार ५ सय ३५ थान पाठ्यपुस्तक आवश्यक पर्छ तर निजी प्रकाशकले पाठ्यपुस्तक न्युन मात्रामा छापिरहेका छन्।

फागुन १ गते सुरु हुने नयाँ शैक्षिक सत्रका लागि पुस्तक लिन जनक शिक्षा सामग्री केन्द्रको नेपालगञ्ज क्षेत्रीय कार्यालय आइपुगेका डोल्पाका व्यापारीले भने, यो वर्ष पनि शैक्षिक सत्र सुरु हुँदा कक्षा एक र दुईका विद्यार्थीको हात खाली हुने भएको छ। दिनहुँजसो ताकेता गरे पनि सम्बन्धित व्यक्ति सम्पर्कमै नआएको र छापिएका पाठ्यपुस्तक देख्न नपाएको उनले बताए।

निजी छापाखानका प्रतिनिधि दीपक भण्डारीले केही प्राविधिक समस्याका कारण पुस्तक छपाइमा ढिलाइ भएको बताए। फागुन १ मा शैक्षिक सत्र सुरु हुने जिल्लामा ५ गतेभित्र पाठ्यपुस्तक पुर्याउने उनले दाबी गरे।

‘मनाङमा ९ सय ३२ र मुस्ताङमा २ सय ५१ विद्यार्थी छन् उनीहरूलाइए आवश्यक पर्ने करिब ६ हजार ५ य थान पुस्तक पुर्याउन निजी क्षेत्रलाई कुनै समस्या छैन’, उनले भने। नेपालगञ्जमा भेला भएका बेला व्यापारीलाई २ गते किताब हात पार्ने भणडारी ले बताए।

जनक शिक्षा पोखरा क्षेत्रीय कार्यालयका प्रमुख जयराम अर्यालले मनाङ र मुस्ताङमा आवश्यक पर्ने कक्षा ६ देखि १० को करिब ८ हजार थान पुस्तक सम्बन्धित जिल्लामा पुर्याइसकेको दाबी गरे। केन्द्ले पुर्याए पनि निजीले जिम्मा लिएको १ देखि ५ सम्मका पुस्तक आइनपुगेको उनको भनाइ छ।

जुम्ला, हुम्ला डोल्पा, मनाङ र मुस्ताङमा फागुन १ गते नयाँ शैक्षिक सत्र सुरु हुँदैछ। जनक शिक्षाका नेपालगञ्ज क्षेत्रीय कार्यालय प्रमुख रवीन्द्र शर्माले हिमाली जिल्लाका लागि ६–१० का सम्पूर्ण पाठ्यपुस्तक ढुवानी भइसकेको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.