|

काठमाडौं : नेपाल विद्यार्थी संघले क्याम्पसमा तालाबन्दी गरेर स्वतन्त्र विद्यार्थी संघको निर्वाचनमा अवरोध पुर्‍याउने कार्यमा सहभागी आफ्ना नेता-कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ। 

'अहिले देशभर स्ववियू निर्वाचनको माहोल उत्कर्षमा पुगेको वखत उपत्यकाका केही क्याम्पसमा ने.वि.संघका साथीहरुले क्याम्पसमा तालाबन्दी गरेको अवस्थामा त्यसलाई आपसी छलफल गरी नेपाल विद्याथी संघ केन्द्रिय समितिले सम्बोधन गर्ने निर्णय पनि भैसकेको हुँदा कुनै पनि क्याम्पसको स्ववियू निर्वाचनमा तालाबन्दी गरेर अवरोध पुर्‍याउने कार्यमा नेपाल विद्यार्थी संघ नरहेको र नहुने व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउँछौ। यस कारण त्रि.वि.वि. र क्याम्पस प्रशासनलाई निर्वाचनको नियमीत कार्य अगाडी बढाउन अनुरोघ गर्दछौं। केन्द्रीय समितिको यस निर्णयलाई संगठनको कुनै सदस्यले वेवास्ता गरेको पाईएमा संगठनको मुल्य, मान्यता, विधि, विधान र अनुशासनको दायरामा ल्याइने छ,' नेविसंघका अध्यक्ष नैनसिंह महरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

यसअघि स्ववियू निर्वाचनमा उमेरहद लागू गर्न नमिल्ने अडान राख्दै नेपाल विद्यार्थी संघका असन्तुष्ट नेता-कार्यकर्ताले विभिन्न कलेजमा तालाबन्दी गरेका थिए। नेविसंघको संस्थापन पक्षले निर्वाचनमा सहभागि हुने प्रतिबद्धता जनाएपनि असन्तुष्टहरुले स्ववियू निर्वाचनमा तोकिएको २८ वर्षे उमेरहद कुनै हालतमा मान्य नहुने बताउँदै आएका छन्।

यो पनि पढ्नुस् : स्ववियूमा नेविसंघको दोहोरो चरित्र : समर्थन गर्ने भोट माग्दै, विरोध गर्ने तालाबन्दीमा

यस्तो छ पुरा विज्ञप्ति : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.