|

काठमाडौं : विनाशकारी भूकम्पको करिब २ वर्ष पुग्नैलाग्दा देशकै प्रमुख प्रशासनिक भवन सिंहदरबारलाई छोपछाप पारिने भएको छ। सिंहदरबारको पश्चिमतर्फको भाग संरक्षण गर्न गठित कार्यान्वयन उपसमितिले पहिलो काम भवनको सम्पूर्ण भाग छोप्ने र स्काफोल्डिङ गर्न लागेको हो।

शहरी विकास तथा भवन निर्माण विभागले भत्काउने तयारी गरिरहेको अवस्थामा कायाृन्वयन उपसमितिको बैठकले तत्कालबा लागि घाम–पानीबाट जोगाउन छोप्ने र फलामको खट बाँध्ने काम शुरु गर्न लागेको हो। सिंहदरबारलाई रेक्ट्रोफिट गर्ने वा भत्काएर पुनर्निर्माण गर्ने? भन्ने विषयमा निर्णय हुनेछ।’ उपसमितिका सदस्य एवं पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने।

पहिलो काम भवनलाई पानी पस्न नदिन छोप्ने दाहालको भनाइछ। भत्किन नदिन अन्य दरबारको जस्तै फलामको खट बाँध्ने काम शुरु गर्ने निर्णय भएको उनले बताए। शुक्रबार बसेको उपसमितिको बैठकले राष्ट्रको मुख्य सम्पदा भएकाले यसलाई बचाइराख्न हरसम्भव प्रयास गरिने जनाएको थियो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकारणका प्रमुख कार्यकारी निर्देशक डा.गोविन्द पोखरेलले उपसमितिको बैठकले सिंहदरबार संरक्षण गर्न प्राधिकरणले जस्तोसुकै कदम चाल्ने बताएका छन् ‘मुख्य प्रशासनिक भवनलाई सकभर रेक्ट्रोफिट नै गरिनेछ । नभए इन्जिनियरको विशेष समितिले दिएको प्रतिवेदनका आधारमा थप काम अघि बढाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.