|

धादिङ : भनिन्छ सन्तानको सबभन्दा ठूलो खुशी आमा हो र त्यसपछि बाबु, तर तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन्, पाँच बालबालिका। तोते बोल्न सिक्ने उमेका उनीहरु जेलभित्रको उकुसमुकुमा दैनन्दिन बिताइरहेका छन्। 

न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न नै। उनीहरुको दिन हथकडीले बाँधिएका हात हेरेर बित्छ। सल्यानटार–१ का दुई वर्षीय सूचक थपलिया १० महिनादेखि कारागारमा छन्। आमा सुस्मिता र बाबु चन्द्रप्रसादले गरेको दोषको सजाय सूचकले पनि भोगिरहेका छन्।

आमाबाबु नै अपराधमा संलग्न भएपछि बालबालिकाको रेखदेख गर्ने मान्छे घरमा नहुँदा उनीहरु जेल बस्न बाध्य भएका हुन्। यस्तै सेर्तुङ–५ का बादल तामाङ कारागारमा छन्। बादल दुई वर्षका भए । घरमा हेरचाह गर्न कोही नहुँदा कर्तव्य ज्यान मुद्दामा तीन वर्षको कैद सजाय भोगिरहेकी आमासँग जेल बस्नु बादलको बाध्यता हो।

सूचक र बादलसँगै अर्का एक बालक र दुई बालिका पनि कारागारभित्रै अँध्यारा दिन बिताइरहेका छन्। थाक्रे–९ का मिलन चेपाङ, कटुन्जे–७ की बर्षा बीक र लापा–८ की देवीमाया विक पनि आमाले गल्ती गरेका कारण जेलमा बस्न बाध्य भएका हुन्।

उनीहरू न राम्रोसँग खेल्न पाउँछन् न बाहिरी संसार देख्न। अरुले खेलाएको खेलौनासमेत यी बालबालिकाले देख्न पाएका छैनन्। आमासँगै साँझबिहानको दुई छाक खानाको भरमा हुर्किँदैछन्। बालबालिका चिसोले गर्दा बिरामी पर्ने गरेको जिल्ला कारागार धादिङका जेलर मदनकुमार श्रेष्ठले बताए।

आमासँगै जेलजीवन बिताइरहेका उनीहरूले दैनिक एक सयदेखि डेढ सय ग्रामसम्म चामल पाउँछन्। जेलर श्रेष्ठले भने, ‘आमाले जे खाने हो त्यसभन्दा बढी केही पनि पाउँदैनन्, उनीहरूले।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.