समाज

उपचार नपाई मृत्यु भएका सुर्खेतका युवामा कोरोना देखिएन

जेठ १४, २०७७

    सुर्खेत : भारतको गुजरातबाट मंगलबार वीरेन्द्रनगर पुगेर पनि उपचारको अभावमा अकालमै मृत्यु भएका युवाको रिपोर्ट कोराना नेगटिभ देखिएको छ।

    चिङगाड ५ सुर्खेतका युवा वीरेन्द्र रोकायको मंगलबार राति मृत्यु भएको थियो। उनको मृत्यु भएपछि कोरोनाबाट हो कि भन्ने आशंका गरिए पनि उनको स्वाब जाँच्दा रिर्पोट नेगेटिभ आएको कर्णाली प्रदेश अस्पताल निर्देशक डा. डम्बर खड्काले जानकारी दिए। मृतक हिजो मात्रै रुपैडियाबाट आएका थिए।

    ‘हामीले मृतक रोकायाको स्वाब जाँच गर्न प्रयोगशालामा पठाएका थियौं’ डा. खड्काले भने, ‘उनको मृत्यु बाथरोगका कारणले भएको पुष्टि भएको छ, कोरोना संक्रमण भएको देखिएन।’

    मृतकका आफन्तले भने अस्पतालको लापरबाहीका कारण  बिरामीले ज्यान गुमाउनुपरेको आरोप लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]