|

काठमाडौं : आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गरिने भएको छ। आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो बताएका हुन्।

उनले ३ वर्षभित्र सबैको स्वास्थ्य विमा गर्ने पनि बताए। त्यस्तै सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा आगामी आर्थिक वर्षमा ल्याउने सरकारको उदेश्य छ। यो कार्यक्रमका लागि ७ अर्ब बजेट विनियोजन भएको छ।

त्यस्तै, स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड विनियोजन गरिएको छ। सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला  निर्माण गरिनेछ। यसको पुर्वाधार निर्माणका लागि १२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ। ३ सय शय्याको सरुवारोग  अस्पताल निर्माण गर्ने सरकारको प्राथमिकतामा परेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.