|

विराटनगर : मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहित संविधान संशोधन नगरेसम्म मुलुकको समस्या समाधान हुन नसक्ने दाबी गरेका छन्।

फोरम लोकतान्त्रिक जिल्ला कार्य समिति मोरङले शनिबार विराटनगरमा गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष गच्छदारले संविधानले मधेसी र आदिवासीका केही अधिकार सुनिश्चित गरेपनि थप अधिकार सुनिश्चित गर्न परिमार्जनसहित संशोधन आवश्यक रहेको बताए।

उनले दशकौंदेखिको वर्ग विशेषको शासनले देशको दुर्दशा निम्त्याएको बताए। शासनसत्तामा सबैको पहुँच पुग्‍नेगरी समाधान निकाल्नुपर्ने गच्छदारले बताए।

मधेसी मोर्चाका नेताको माग स्पष्ट नभएकाले समस्या बल्झिएको उनले आरोप लगाए। कार्यक्रममा विराटनगर क्षेत्रका ३ सय र मोरङका विभिन्न गाविसकासमेत गरेर ५ सय बढीलाई फोरम लोकतान्त्रिकमा प्रवेश गराइएको मोरङ अध्यक्ष भक्ति माझीले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.