|
फाइल फोटोः दीपक केसी/थाहाखबर

विराटनगर : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सहमतीय सरकार निर्माणका लागि पहल भइरहेको बताएका छन्। 

विराटनगर विमानस्थलमा सोमबार पत्रकारसँग गच्छदारले सहमतीय सरकारले नै समस्याको समाधान गर्न सक्ने देखिएकाले त्यसका लागि दलहरुबीच छलफल जारी रहेको बताए। उनले सहमतीय सरकार निर्माण गर्ने विषयमा छलफल जारी रहे पनि नेतृत्वको विषयमा टुंगो नलागेको स्पष्ट पारे।

उपप्रधानमन्त्री गच्छदारले वर्तमान गठबन्धनको सरकारमा देखिएका मतभिन्नतालाई अन्त्य गर्दै प्रभावकारी रुपमा सरकार सञ्चालन गर्ने विषयमा सरकारमा रहेका गठबन्धनका दलहरुबीच समझदारीसमेत भएको उल्लेख गरे।

उनले वर्तमान संसद्को अवधि २०७४ माघ ८ गतेसम्म मात्र रहेकाले सोही समयावधिभित्र तीनवटा निर्वाचन गराउनुपर्ने बाध्यता रहेकाले दलहरुबीच सहमति आवश्यक रहेको धारणा प्रकट गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.