|
Photo: Goal.com

डिफेण्डिङ च्याम्पियन बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको केही घण्टामै उसलाई पुन: दोस्रो स्थानमा झार्दै रियल मड्रिडले स्पेनिस ला लिगाको लिग लिडरका रुपमा पुनरागमन गरेको छ।

यसक्रममा गएराति उसले ओसासुनालाई ३-१ ले निरास पार्‍यो। रियललाई सहज जित दिलाउने क्रममा क्रिष्टियानो रोनाल्डो, इस्को र लुकास वाजक्वेजले एक-एक गोल गरे। घरेलु टोलीका लागि सर्जियो लियोनले सान्त्वना गो फर्काए।

यससँगै २० खेलमा १५ जित, ४ बराबरी र १ हार बेहोरेको रियल ४९ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दुई खेल बढी खेलेको बार्सिलोना २ हार ६ बराबरी र १४ जितसहित ४८ अंक जोडेर दोस्रो स्थानमा छ।

बार्सिलोना अलाभेजले ६-० को फराकिलो अन्तरले पराजित गर्दै शनिबार केही घण्टाका लागि शीर्ष स्थानमा उक्लिएको थियो। तर त्यो केही घण्टा पनि टिक्न पाएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.