बाँके : सर्वसाधारणको मागलाई मध्यनजर गरि बाँके प्रशासनले बारअनुसार ब्यवसाय सञ्चालन गर्न दिने भएको छ।
लकडाउनलाई ब्यवस्थित गरि व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए। बुधवार बसेको सर्वदलिय, सर्वपक्षित बैठकले दिएको सुझावका आधारमा प्रशासनले बारअनुसार फरक–फरक ब्यवसाय संचालन गर्न दिने निर्णय गरेको उनले बताए।
प्रशासनले जारी गरेको सूचनाअनुसार अब हरेक आइतबार र बुधबार मोबाइल, इलेक्ट्रोनिक्स, स्टेशनरी, फोटो स्टुडियो, छापाखाना, फर्निचर, फर्निसिङ तथा भाडा पसल संचालन गर्न पाइने भएको छ।
त्यसैगरी सोमबार र बिहीबार कपडा, फैन्सी, जुत्ता, कस्मेटिक, चस्मा तथा गरगहनाका पसल संचालन गर्न दिने निर्णय भएको सहायक प्रजिअ प्याकुरेलले बताए। मंगलबार र शुक्रबार अटो मोबाइल्स, कोल्ड स्टोर, मोटरसाईकल तथा अन्य पसलहरु संचालन गर्न प्रशासनले छुट दिने निर्णय भएको छ। औषधी पसल, दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री, मलखाद तथा बिउविजनका पसल हरेक दिन सञ्चालन गर्न पाइने निर्णय भएको छ।
बारअनुसार ब्यवसाय संचालन गर्न दिने निर्णय गरेको प्रशासनले अघिल्लो निर्णय बमोजिम बिहान ११–३ बजेसम्म मात्र संचालन गर्न पाइने छ। त्यसैगरि, बैंक तथा वित्तिय संस्था सार्वजनिक बिदाको दिन बाहेक हरेक दिन खुल्ला रहने बाँके प्रशासनले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।