मृतक संक्रमितसँगै आएका थिए उनी

|

अर्घाखाँची : जिल्लाको छत्रदेव गाउँपालिकाका एक जनाको कोरोना पिसिआर पोजेटिभ आएको छ। छत्रदेव ५ को स्वास्थ्यचौकीको क्वारेन्टाइनमा बसेका ४९ वर्षीय एक पुरुषमा शनिबार कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य प्रमुख डाक्टर कपिल गौतमले बताए । 

सक्रमित जेठ १० गते भारतबाट आएका थिए । भूमिकास्थान ढिकुराका ३५ वर्षीया एक युवकको कोरनाकै कारण भारतको लखनउमा मृत्यु भैसकेका युवकसँगै बसमा आएका थिए।

यसअघि पालीका २ जना र शितगंगाका १ जनामा कोरोना देखिएको थियो।  कोरोनाका कारण मृत्यु भएका युवकसँगै भारतबाट अन्य ८० जना जिल्ला भित्रिएका थिए। उनीहरू जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका छन्। पिसिआरका लागि स्वाब पठाइएकाको रिपोर्ट अझै आएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.