|

बारा : दुई भारतीय नागरिक अरुण राम र दीपक रामको हत्या आरोपमा पक्राउ परी थप अनुसन्धानका लागि बारा प्रहरीको हिरासतमा रहेका जिल्लाको पर्शुरामपुर-४ का समसुल होदालाई आफूसमक्ष बुझाउन भारतीय पक्षले नेपाल प्रहरीमाथि दबाब बढाएको छ।

अनुसन्धानका क्रममा होदाको अन्तर्राष्ट्रिय आतंककारी समूहसँग सम्बन्ध देखिएको र पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको नेपाल-भारत सीमा नजिक भारतको घोडासन र लकरदही रेल्वे स्टेसनमा विस्फोट गराउने योजना विफल बनेपछि उत्पन्न विवादमा अरुण र दीपकको हत्या भएको खुलेपछि भारतीय पक्षले होदाको हस्तान्तरणका निम्ति नेपालमा दबाब बढाएको हो।

जिल्ला प्रहरी कार्यालय बाराले भारतीय पक्षको दबाबबारे बताउन इन्कार गरे पनि स्रोतका अनुसार औपचािरक तथा अनौपचारिक रुपमा भारतीय पक्षले होदालाई आफूसमक्ष बुझाउन नेपाल प्रहरीमाथि दबाब बढाउँदै आएको छ। जिल्ला प्रहरी कार्यालय बाराका एक प्रहरी अधिकृतले भारतीय चासोबारे आफूलाई जानकारी नभएको र होदालाई जिल्ला प्रहरी कार्यालयमार्फत नै कानुनी कारबाही अघि बढाइने बताए।

'रेल्वे स्टेसन विस्फोट गरार्ने योजना विफल बनेकै कारण हत्या भएको देखियो,' उनले भने, 'तर भारतमा भएको उक्त वारदातका आधारमा होदालाई प्रहरीले पक्राउ गर्न सक्दैन।' उनले भारतीय नागरिकलाई नेपालमा बोलाएर हत्या गरिएको होदासहित अन्यलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भएको पनि जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.