|

काठमाडौं: निगम पौडेलको पुस्तक ‘द पावर अफ नलेज’ को विमोचन गरिएको छ। शनिबार राजधानीमा क्रिकेटर शक्ति गौचनले पुस्तकको विमोचन गरेका हुन्।

अंग्रेजी, विज्ञान, सामाजिक, जनसंख्या, राजनीति, खेल गरि विविध विषयलाई चौधवटा शीर्षकमा राखिएको पुस्तक माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थीलाई उपयोगी हुने लेखक पौडेलले बताए।

पुस्तकले पाठकमा बौद्धिक ज्ञान बृद्धि गर्ने भन्दै ब्रिजकोर्ष गरिरहेका विद्यार्थीका लागि पनि उपयोगी रहेको लेखकको दावी छ।

पुस्तक बिक्रीबाट आएको रकमको १० प्रतिशत भत्केपाटीमा रहेको ‘बेबी लाइभ होम’लाई प्रदान गरिने लेखक पौडेलले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.