प्राधिकरण शाखा भन्छ : यसबारे थाहा छैन

|

संखुवासभा : खाँदबारी वितरण शाखाले खाँदबारी नगरपालिका–१० मा हरियो रुखमा बिजुलीको तार टाँगेको छ। प्राधिकरण खाँदबारी वितरण शाखाको यस्तो चरम लापरवाहीले स्थानीय भने त्रसित भएका छन्। 

खाँदबारी–१० चन्दनपुरको बाघखोर सामुदायिक वन भित्रको हरियो सालको रुखमा तार टाँगिएको हो। प्राधिकरण शाखालाई उक्त तार हटाउन पटक–पटक माग गरे पनि बेवास्ता गरेको खाँदबारी–१० वडाध्यक्ष केशवराज सिंह थापाले बताए। 

उनले भने, ‘चन्दनपुरमा एक वर्षदेखि तार हरियो रुखमा टांँगिएको छ। हरियो रुखबाट विस्तार गरिएको तारले कुनै पनि बेला खतरा आइपर्न सक्छ।’ रुखमा तार टाँगिएपछि खेतबारीमा काम गर्न समेत खतरा रहेको भन्दै प्राधिकारणलाई अनुरोध गर्दासमेत बेवास्ता गरेको स्थानीयले बताए। प्राधिकरण वितरण शाखा खादँबारीले यसबारे कुनै जानकारी नभएको बताएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.