|

जुम्ला : कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका ११९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। भारतबाट फर्किएका उनीहरु १४ दिन क्वारेन्टाइन बसेपछि रिपोर्ट नेगेटिभ आएसँगै घर पठाइएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक मंगल रावलका अनुसार तातोपानीका ६, सिँजाका २३, कनकासुन्दरीका २२, पाताराशीका ५, तिलाका ४०, चन्दननाथका ६ र हिमाका १७ जना रिपोर्ट नेगेटिभ आएसँगै आइबार घर फर्किएका छन्।

घर पठाउनअघि प्रजिअ थापाले उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिएका छन्। यस्तै, सामाजिक दूरी कायम गर्ने, सरसफाइ गर्ने, खानपिनमा ध्यान दिन आग्रह गरे।

शिक्षालयको क्वारेन्टाइनमा जेठ १९ मा दुई सुरक्षाकर्मी, एक स्वास्थ्यकर्मीसहित भारतबाट आएका १७ जनामा कोराना पोजेटिभ देखिएको थियो। यसपछि शिक्षालय सिल गरिएको थियो। यस्तै, जेठ २३ मा तीनजना चन्दननाथ नगरपालिकाका स्थानीयमा कोराना पोजेटिभ देखियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.