|

मकवानपुर : गाउँमा मोटरबाटो पुर्‍याउन स्थानीय राक्सिराङ गाविसका चेपाङ समुदाय अाफै‌ं जुटेका छन्। महेन्द्र राजमार्गअन्तर्गत  मनहरीबाट राक्सिराङ गाविस–८ स्थित जिर्खीडाँडा, सानोलापुर हुँदै गाविस कार्यालयसम्म जोड्नेगरी मोटरबाटो निर्माण कार्य थालिएको हो। 

निर्माणाधीन बाटो हालसम्म १ किलोमिटर खोलिसकिएको समाजसेवी विष्णुराम प्रजाले बताए। उनका अनुसार काठमाडौंस्थित एक गैरसरकारी संस्थाको  आर्थिक सहयोगमा मोटरबाटो निर्माण भइरहेको हो।

मोटरबाटो निर्माणका लागि चन्द्रसिंह चेपाङको अध्यक्षतामा मोटरबाटो निर्माण उपभोक्ता समिति गठन भएको छ। मोटरबाटो बनेसँगै वर्षौदेखिको कष्टबाट मुक्ति पाउने अाशामा रहेकाे विष्णुरामले बताए। जिल्लाको पश्चिमोत्तर राक्सिराङ चेपाङ बहुलता भएको गाविस हो।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.